
जेठ १९, दार्चुला ।

दार्चुलामा यार्चागुम्बा सङ्कलकको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । यार्चागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर जिल्लाको अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे पाटनमा २४ वर्षीय मिलन कार्कीको मृत्यु भएको हो ।
अपिहिमाल गाउँपालिका–३ राताभिटाका उनको शुक्रवार भिरबाट लडेर मृत्यु भएको अपिहिमाल गाउँपालिका–३ का वडाध्यक्ष गगनसिंह कार्कीले बताए । यार्चा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको वडाध्यक्ष कार्कीले बताए ।
