
जेठ २३, डोटी
डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दार्चुलाबाट धनगढी जाँदै गरेको सु.प.प्र. ०१००१ झ १४८९ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिना स्थित दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार बुधवार बिहान साढे ४ बजेतिर बैतडीको डिलासैनी–५ का १९ वर्षीय वासुदेव नाथले चलाएको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परि दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौली देवी धामीको घटना स्थलमै र लेकम गाउँपालिका–४ कै ३ वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको प्रही उपरिक्षक भट्टराईले बताए ।
अन्य घाइतेहरूको उपचार भइरहेको छ । दुर्घटनामा परेको जिपमा चालक सहित नौ जना सवार थिए । जिप सडकबाट अन्दाजी ८०÷९० फिट तल खसेको प्रहरीले जनाएको छ ।
