
जेठ २४, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा बिहीबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन बिहिवार एक हजार आठ सय रुपैयाँले बढेको हो ।

यस्तै तेजाबी सुन बुधवार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि २५ रुपैयाँ वृद्धि भएको छ । बुधवार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
