मेल्लेखका शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धी क्षमता विकास तालिम

Sayalb
लाल बहादुर चदारा
जेठ २४, अछाम ।
मेल्लेख गाउँपालिकामा शिक्षकहरूका लागी आयोजना गरिएको दुई दिने एकीकृत पाठ्यक्रम सम्बन्धी आधारभूत तहका (कक्षा १–३) क्षमता विकास तालिम सम्पन्न भएको छ । बुधवार गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको तालिम बिहिवार सम्पन्न भएको हो । तालिममा गाउँपालिका भरिका ४२ ओटा विद्यालयका शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
शिक्षकहरूलाई एकीकृत पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउने, बालबालिकाको पढाइप्रति लगाव बढाउने, उनीहरूमा पढ्ने बानीको विकास गर्ने, ग्रेड सिट निर्माण गर्न, एकीकृत पाठ्यक्रमको विभिन्न विषयहरूलाई एकै ठाउँमा समेटेर पढाउने, शिक्षण पद्धतिमा फरक–फरक विषयवस्तुहरूलाई एकीकृत गरी एकै पाठ्यक्रमको रूपमा प्रस्तुत गरी विषयहरूबिचको सम्बन्ध र अन्तरसम्बन्ध बुझाउन तालिमको आयोजना गरिएको हो ।
साथै पढाउँदा विद्यार्थीहरूले बहु आयामिक दृष्टिकोणबाट ज्ञान आर्जन गर्न वास्तविक जीवनसँग सम्बन्धित समस्याहरू समाधान गर्न, एकीकृत पाठ्यक्रमले विद्यार्थीहरूको संज्ञानात्मक विकासमा योगदान पुर्‍याउने, आलोचनात्मक सोचको विकास गर्ने र वास्तविक जीवनमा लागु गर्न मिल्ने सीपहरू सिकाउने जस्ता उद्देश्यहरूको बारेमा तालिममा शिक्षकहरूलाई जानकारी गराइएको थियो ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काको अध्यक्षतामा समापन भएको तालिमको सहजिकरण तथा सञ्चालन शिक्षा अधिकृत वीरेन्द्र खड्काले गरेका थिए ।
Shaileshwori
Loading...