सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, पुग्यो तोलाको एक लाख ४५ हजार

जेठ २५, काठमाडौँ ।   नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार अहिलेसम्मकै उच्च बनेको सुनको मूल्य शुक्रवार एक हजारले वृद्धि हुँदै नयाँ रेकर्ड कायम भएको हो ।
बिहिवार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार एक लाख ४५ हजार रुपैयाँ कायम भएको छ । बुधवार एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
Sayalb
यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि ५० रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ५१ पैसामा कारोबार भइरहेको छ।
Shaileshwori
Loading...