जनमत पार्टीका सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Sayalb
जेठ २५, जनकपुरधाम ।  मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । शुक्रवार जनमत पार्टीका प्रदेश सांसद सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका ५५ जना सांसदको समर्थनमा सिंह मुख्यमन्त्री बनेका हुन् ।
मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो । नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । साथै सात मन्त्रीले पनि आजै शपथग्रहण लिने बुझिएको छ ।
Shaileshwori
Loading...