भारतको पन्जाबमा कैलालीकी १३ वर्षीया बालिका बेपत्ता 

Sayalb
जेठ ३१ । कैलालीको गोदारी नगरपालिका–८ जोनापुरकी १३ वर्षीया बालिका दुई दिन देखी भारतमा बेपत्ता भएकी छिन् । उपचारका लागि भारत गएकी शारदा भुल पन्जाबको लुधियाना कुन्दनपुरी भन्ने स्थानबाट बेपत्ता भएकी हुन् ।
उनी त्यहाँ बुवा दिलीप भुलसँग बस्दै आएकी थिइन् । मङ्गलवार दिउँसो आफू काममा गएको बेला उनी कोठाबाट निस्किएर बेपत्ता भएको बुवा दिलीपले बताए ।
पन्जाबको लुधियाना कुन्दनपुरी वरपर भएका कोही कसैले उनलाई फेला पारेमा मोबाइल नम्बर ९७६९६३०५३५ अथवा ९९८८९६१०३३ र नेपालको नम्बर ९७४६३२१९०३ मा सम्पर्क गर्न बुवा दिलीपले अनुरोध गरेका छन् । उनको पुर्ख्यौली घर डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ हो ।
Shaileshwori
Loading...