रामारोशन क्षेत्र बिकास समितिको अध्यक्षमा रावल


अछामको प्रसिद्ध पर्यटकिय स्थल रामारोशन क्षेत्रको बिकासका लागी रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समितिको अध्यक्षमा चक्रबहादुर रावल नियुक्त भएका छन । सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले असोज १८ गते रामारोशन क्षेत्र पर्यटन विकाश तथा व्यवस्थापन समिति अध्यक्षमा रावललाई नियुक्त गरिएको हो । रावल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछामका नेता हुन ।
