असार ८, डोटी । बोगटान फुड्सिल गाउँपालिकाका महिला समूहलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ । शनिवार महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत महिला समूहलाई तालिम दिइएको हो ।
तालिममा महिला समूह सञ्चालन समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी अभिमुखीकरण गराइएको गाउँपालिकाले जनाएको छ । वडा र गाउँपालिका स्तरीय महिला सञ्जालका १३ जना महिलाहरूको तालिममा सहभागिता रहेको थियो ।
सहभागीहरूलाई तालिमको उद्देश्यका बारेमा रोजगार संयोजक गीता जिसीले प्रकाश पारेकी थिइन् भने सहजिकरण लाल बहादुर विकले गरेका थिए ।