न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल डोटीको ३ अंक सुधार

असार २२, डोटी । न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल डोटीले ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा स्वास्थ्य निर्देशनालय दिपायलले गरेको मापनमा अस्पतालले यो पटक ८८ प्रतिशत अङ्क प्राप्त गरेको हो । शनिवार जिल्ला अस्पताल डोटीमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत अनुगमन मूल्याङ्कन गोष्ठीमा स्वास्थ्य निर्देशनालय दिपायलको अनुगमन मूल्याङ्कन समितिका डाक्टर प्रकाश बहादुर बुढाले यो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

प्रत्येक ६ महिनामा गरिने मूल्याङ्कनमा जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्ड प्रतिशत अङ्क विगतको तुलनामा सुधार भएको पाइएको छ । अस्पतालले पहिलाको तुलनामा ३ अङ्क सुधार गरेको छ । गत मङ्सिरमा न्यूनतम सेवा मापदण्डका आधारमा ८५ प्रतिशत अङ्क पाएको जिल्ला अस्पतालले त्यो भन्दा पहिला ८४ प्रतिशत पाएको थियो । ८८ अङ्क प्राप्त गरेको जिल्ला अस्पताल सुदूरपश्चिम प्रदेशमा चौथो स्थानमा रहेको छ । प्रदेशमा ९३ प्रतिशतका साथ बैतडी जिल्ला अस्पताल पहिलो र ९३ प्रतिशत नै रहेको बझाङ जिल्ला अस्पताल दोस्रोमा हुँदा तेस्रो स्थानमा ९० प्रतिशत अङ्कका साथ जिल्ला अस्पताल अछाम रहेको छ ।

Sayalb

अस्पतालले ८८ प्रतिशत अङ्क प्राप्त गरेकोमा खुसी लागेको एमडिजिपी डाक्टर नीराजन श्रेष्ठले बताए । सबै जनाको कडा मेहनतले गर्दा अङ्कमा सुधार आएकोले आगामी दिनमा थप सुधारका लागि खटिनु पर्ने डाक्टर श्रेष्ठकाृ भनाई छ । उनले भने, ‘अंक प्राप्त गर्नु मात्रै ठुलो कुरा होइन, हामीले प्रदान गर्ने सेवा पनि त्यत्तिकै गुणस्तरिय हुनुपर्छ, सेवाग्राहीको मन जित्ने गरि काम गर्नु हाम्रो धर्म हो ।’

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, कर्मचारी र व्यवस्थापन समितिको सक्रियतामा अस्पतालले न्यूनतम सेवा मापदण्डमा सुधार गर्न सकेको अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । अध्यक्ष नेपालीले अस्पतालको स्तर उन्नतकीका लागी अहोरात्र खटिने अस्पतालका कर्मचारी र सबै सहयोगीलाई धन्यवाद दिऐ । साथै उनले आगामी वर्षमा अस्पतालदेखि दिपायल र दिपायलदेखि अस्पतालसम्म दिनको तीन पटक निःशुल्क बस सेवा सञ्चालन गर्ने योजना रहेको बताऐ । अस्पतालमा आउने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै निःशुल्क बस सेवा सञ्चालनमा ल्याउन खोजेको उनको भनाई छ ।

Shaileshwori
Loading...