दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

भदौ १९, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। बुधवार बिहान ९ बजेतिर जिल्लाको नौगाड गाउँपालिका–१ साङपाङमा भिरबाट लडेर स्थानीय करिब ४५ वर्षीय उदयसिंह ठगुन्नाको मृत्यु भएको छ।
Sayalb
बाँदर धपाउने क्रममा उनको बरभगे भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय प्रेम बडालले जानकारी दिए । ठगुन्ना भिरबाट करिब ३ सय मिटर तल खसेका थिए ।
Shaileshwori
Bolpatra
Loading...