जनमत पार्टीका केन्द्रीय सचिवसहित ७ नेतालाई कारबाही

असार २६, काठमाडौँ । जनमत पार्टीले सात जना नेतालाई कारबाही गरेको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

Sayalb

राष्ट्रिय सचिव विश्वेश्वरप्रसाद (वीप) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, पुर्वजिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्याशी अनिता कुमारी यादव र पूर्व नगरपालिका सचिव दिपनारायण यादवलाई निलम्बन गरिएको जनमतका अनुशासन विभाग समिति सचिव अनिताकुमारी मण्डलले जानकारी दिइन् ।

असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।  उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

Shaileshwori
Loading...