शिखर नगरपालिकाका प्रवक्ता धिर्कबहादुर सिंहले पदबाट राजीनामा दिएका छन् । बिहीबार प्रवक्ताको पदबाट राजीनामाको पत्र शिखर नगरपालिका प्रमुखलाई बुझाएका हुन । पहिलो कार्यपालिका बैठक देखी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सिंहले नगरपालिकाकामा हुने काम कारवाईको आफू समेत जानकारी नपाएको भन्दै राजीनामा दिएका हुन ।
पछिल्लो समयमा कार्यपालिका को बैठकमा भएका महत्त्वपूर्ण छलफलका विषय तथा निर्णयहरू बाहिर ल्याउने र जानकारी गराउने प्रवक्ता को जिम्मेवारी र अधिकार माथि हस्तक्षेप गरी अनावश्यक विवाद सिर्जना गर्ने र सिगों नगर पालिकाको गोपनीयता र कार्यपालिकाको विश्वसनीयता माथि नै प्रश्न उठ्न सक्ने कार्य भइरहेका छन् । अधिकार र जिम्मेवारी माथि हस्तक्षेपगरि भइरहेका गलत क्रियाकलापहरूको जिम्मेवारी लिएर प्रवक्ता को पदमा रहिरहन नसक्ने भन्दै उनले राजीनामा बुझाएका हुन । सिंहले राजीनामा बुझाए पनि स्वीकृत भने भइसकेको छैन ।