
साउन १०, बैतडी । बैतडीमा आधा किलो चरेससहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्रसिंह साउँदका अनुसार जिल्लाको पाटन नगरपालिका–३ बुङ्डाका ६० वर्षीय गोपाल सिंह विष्ट ५१२ ग्राम चरेस सहित पक्राउ परेका हुन् ।

विष्टलाई प्रहरी निरीक्षक साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३ को बनारसी धाम नजिकैबाट पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
