

साउन १८, धनगढी । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ मटयारीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ११ वर्षीय राज नेपाली सर्पको डसाइबाट मृत्यु छ ।
सर्पले डसेर घाइते भएका नेपालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । उनलाई सुतेका बेला सर्पले डसेको थियो ।
