
साउन १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चरणबद्ध रुपमा स्थानीय छायाँ सरकार गठनको अभ्यास थालनी गर्न सुझाव दिइएको छ । रास्वपाको दुई दिने बन्द कार्यशालाले पार्टीले उक्त अभ्यास थाल्ने सुझाव दिएको हो ।

त्यस्तै कार्यशालाले आउँदो असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गरी राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा गर्न सुझाव दिएको छ ।
पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।
