जुम्ला कारागारमा कैदीको मृत्यु

साउन २०, जुम्ला ।  जुम्ला कारागारमा एक कैदीको मृत्यु भएको छ । मुगु जिल्लाको मुगुको खत्याड गाउँपालिका–३ का अन्दाजी ४२ वर्षका प्रदीपकुमार टमटाको आइतबार कारागारमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जबरजस्ती करणी मुद्दामा दुई वर्षदेखि कैद भुक्तान गरिरहेका थिए ।

Sayalb

कैदी टमटाको एक्कासि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार २०७९ साउन २७ गतेबाट जबरजस्ती करणी मुद्दामा जेल भुक्तान गरिरहेका टमटालाई आइतबार बिहान ब्याडमिन्टन खेलेपछि लुडो समेत खेलेका र करिब साढे १० बजे एक्कासि अप्ठ्यारो भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य शिक्षण अस्पतालमा लगिएको थियो ।

प्रहरी नायव उपरीक्षक कामतीका अनुसार अस्तपालामा करिब साढे १२ बजे उनको निधन भएको थियो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कैदी टमटाको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएको जानकारी दिए ।

Shaileshwori
Loading...