

भदौ ३, जाजरकोट । जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले आइतबार राती अस्थायी टहरा पुरिँदा नलगाड नगरपालिका–२ माझगाउँमा तीन जनाको मृत्यु भएको हो ।
पहिरोले टहरा पुरिँदा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र २ वर्षीय शिभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
घटनाको खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी घटना स्थलतर्फ गएर सबै मृतकको शव निकालेको डिएसपी पाण्डेले बताए ।
