
भदौ ५, ताप्लेजुङ । ताप्लेजुङमा एक शिक्षकमाथि साङ्घातिक आक्रमण भएको छ । पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनस्थित जनता आधारभूत बिद्यालयमा कार्यरत शिक्षक खेमनाथ घिमिरेमाथि आक्रमण भएको हो ।

शिक्षक घिमिरेमाथि मङ्गलबार विद्यालय जाँदै गरेका बेला स्थानीय केही व्यक्तिले आक्रमण गरेको बताइएको छ । घिमिरेलाई आक्रमण गर्नुको कारण खुली नसकेको प्रहरीले जनाएको छ । यता शिक्षक घिमिरेमाथि आक्रमण भएपछि शिक्षकका पेशागत संस्थाले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् ।
