एमाले पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते बस्ने

भदौ १३, काठमाडौँ । नेकपा (एमाले) ले पोलिटब्यूरो बैठक बोलाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।

Sayalb

बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । साथै ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ ।

त्यस्तै पार्टीले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष दिवङ्गत सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको छ ।

Shaileshwori
Loading...