मन्त्री दीपक मनाङेले दिए राजीनामा

भदौ १७ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङेले सोमबार साँझ आफ्ना स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा बुझाएका हुन् । आज दिउँसो भएको मन्त्रिमण्डल हेरफेर र विस्तारपछि उनी असन्तुष्ट बनेका थिए ।

Sayalb

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डलमा नेकपा (एमाले)बाट चार जनालाई मन्त्री नियुक्त गरेका छन् । एमाले सरकारमा आएपछि मन्त्री गुरुङले सम्हालेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा एमालेका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् । भौतिक पूर्वाधार प्रदेशको सबैभन्दा बढी बजेट रहेको विकासे मन्त्रालय हो ।

मन्त्री मनाङेको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेको उनका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । राजीनामापछि गुरुङले बजेट नहुने मन्त्रालय लिनुको अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।

Shaileshwori
Loading...