कैलालीमा करेन्ट लागेर मजदुरको मृत्यु

भदौ १७, धनगढी । कैलालीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । काम गर्ने क्रममा करेन्ट लाग्दा कैलारी गाउँपालिका–६ का ३२ वर्षीय चन्द्रे चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरीलाई धनगढी उपमहानगरपालिका–५ तारानगरमा गोपीकृष्ण जोशीको घर निर्माणको क्रममा करेन्ट लागेको हो ।

भाइब्रेसन मेसिन चलाउने क्रममा करेन्ट लागेर घाइते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए।

Shaileshwori
Loading...