१० महिनापछि टिकटकमा लगाइएको प्रतिबन्ध हटाइयो

Sayalb
भदौ २१, काठमाडौँ । नेपालमा टिकटकमा लागेको प्रतिबन्ध हटेको छ । शुक्रवार नेपाल दूरसञ्चार प्राधिकरणले सूचना सार्वजनिक गर्दै टिकटक माथिको प्रतिबन्ध हटाएको जनाएको छ । प्राधिकरणले  सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको जानकारी गराएको हो।
२०८१ भदौ ६ गते सरकारले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार अधिकार प्रयोग गरेर सूचना प्रकाशित गरिएको उल्लेख छ । मन्त्रिपरिषद्ले भदौ ६ गते सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको थियो ।
टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै २०८० कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । १० महिनापछि टिकटक खुलाइएको छ ।
Shaileshwori
Loading...