भदौ २६, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार तोलामा एक हजार रुपैयाँले वृद्धी भएसँगै छापावाल सुनको मुल्य अहिलेसम्मकै उच्च भएको हो ।
मंगलवार प्रतितोला १ लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ आइतबार तोलामा १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ हजार ७६५ रहेकोमा बुधबार १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।