
भदौ २६, काठमाडौँ । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ।

यसैबिच कतिपय यातायात व्यवसायीले अहिले नै अनलाइनबाट टिकट बुकिङ खुला गरिसकेका छन् । तर यसरी बुकिङ खोल्दा फेक नामबाट टिकट काट्ने प्रवृत्ति बढेर ब्ल्याकमा बेच्ने समस्या पनि आउन सक्ने रिजालले यसबारे आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।
