
असोज ६, सिलगढी । डोटीमा प्रहरीले बरुवा बन्दुक सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका ७ बगडाका ६२ वर्षीय शंकर साउँदलाई प्रहरीले बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

सोही वडाको टोट्केबाँझ स्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा आइतबार बिहान साढे ७ बजेको समयमा प्रहरी चौकी साना गाउँबाट खटिएको प्रहरी टोलीले एक नाले बन्दुक सहित साउदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । साउँदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
