
असोज ६, रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका–५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

मृतक नेपाली २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
