केदारेश्वर मावि जिल्ला स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम 

माघ ८, डोटी । जिल्ला स्तरीय माद्यामिक तह विज्ञान प्रदर्शनी प्रतियोगितामा केदारेश्वर माद्यमिक विद्यालय प्रथम भएको छ । पद्म पब्लिक मुक्तिनारायण माद्यमिक विद्यालय सिलगढीको ७८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा शिखर नगरपालिका-१ मा अवस्थित केदारेश्वर माद्यामिक विद्यालय प्रथम भएको हो । प्रथम हुँदै केदारेश्वरले रु. १२ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

Sayalb

प्रतियोगितामा भागरती एकेडेमी सिलगढी द्वितीय, आयोजक पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालय र दिल्पेश्वर माद्यामिक विद्यालय दिपायल तृतीय तथा दुर्गा माद्यामिक विद्यालय पाकरी चौथो भएको छ । समान अङ्क  प्राप्त गरेपछि पद्म पब्लिक र दिल्पेश्वर तृतीय भएका हुन् । प्रतियोगितामा द्वितीय, तृतीय र चौथो हुने विद्यालयले क्रमशः रु. ८ हजार, रु. ४ हजार र रु. २ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

युग विज्ञान प्रविधिमय बनिरहेको समयमा विद्यार्थीहरूलाई विज्ञान प्रति आकर्षित गर्न र उनीहरूको विज्ञानमा रुचि बढोस् भनेर प्रतियोगिता आयोजना गरिएको आयोजक विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताए । विद्यालयको वार्षिकोत्सवको अवसरमा थुप्रै कार्यक्रम अन्तरगत बिहिवार विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

Shaileshwori
Loading...