सरोकारवाला निकायसँग कार्यक्रम तयारी र कार्यान्वयन लागि प्रारम्भिक बैठक 

लाल बहादुर चदारा
असोज ८, मेल्लेख अछाम । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडामा  विभिन्न सरोकारवाला निकायसँग कार्यक्रमको तयारी र कार्यान्वयन लागि प्रारम्भिक बैठक सम्पन्न भएको छ । कृषि अनुसन्धान निर्देशनालय भागेतडा दिपायल  डोटीको आयोजनमा बैठक  सम्पन्न भएको हो ।
प्रदेश सरकार तथा स्थानीय तह सँगको सहकार्यमा नवीनतम कृषि प्रविधि प्रवर्द्धन गर्ने र कृषि उपजमा आधुनिकीकरण तथा पछिल्लो अवस्थामा कृषिमा देखिएका समस्याको कार्य योजना तयार र समस्या समाधानको लागि बैठकको आयोजना गरिएको थियो ।
Sayalb
कृषि अनुसन्धान निर्देशनालय दिपायल डोटीका निर्देशक विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहेका थिए ।
अध्यक्ष साउदले कृषि उत्पादनमा वृद्धि गर्न कृषिमा आधुनिक प्रविधिको प्रयोग सँगै किसानलाई दक्ष बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
बैठकमा कृषि अनुसन्धान दिपायल डोटीका प्राविधिक नवराज भट्टले कार्यक्रमको उद्देश्य र मेल्लेख वडा नं. ७ नन्देगडामा गरेको कामको प्रभावकारिता बारे जानकारी गराका थिए।
बैठकमा मेल्लेख गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ७ का वडा अध्यक्षहरू कृषि अनुसन्धान निर्देशनालय दिपायल डोटीका कर्मचारी, मेल्लेख वडा नं. ७ का अगुवा कृषक लगायतका सरोकारवाला सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...