पुर्विचौकी–६ गाँजरी वडा अध्यक्षका लागी चार दलको उम्मेदवारी दर्ता 

मङ्सिर १६ गते सम्पन्न हुने उप– निर्वाचन अन्तरगत गाउँपालिका वडा नं.–६ गाँजरीको वडा अध्यक्ष पदका लागी चार दलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रुद्रमणि गिरीले  जानकारी दिए ।
नेपाली काँग्रेसका तर्फबाट मोहन थापा, नेकपा एमालेका तर्फबाट देवबहादुर थापा, नेकपा (माओवादी केन्द्र)का तर्फबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट जानकी कुमारी खड्का कुँवर उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
पूर्व गाविस अध्यक्ष समेत रहेका ०७४ सालको स्थानीय तहको निर्वाचनको निर्वाचनमा निकट्त प्रतिद्वन्द्वी अनुभवी उम्मेदवार मोहन थापालाई काँग्रेसले उम्मेदवार बनाएको छ । ०७९को निर्वाचनमा पुर्विचौकी गाउँपालिका क्लिन स्वीप गरेको काँग्रेसले आफ्नो विरासत जोगाउन सङ्घर्ष गर्नु पर्नेछ ।
०७४ सालमा जितेको विरासत फर्काउन पूर्व  वडा अध्यक्ष भई पाँच वर्ष कार्यकाल बिताएका देवबहादुर थापालाई एमालेले अघि सारेको छ । थापा जनताका बिचमा लोकप्रिय भएका कारण ०७४ मा नतिजा हात परेको भन्दै फेरी थापालाई नै अघि सारेर वडा अध्यक्ष हात पार्ने एमाले रणनीति छ ।
लामो समय देखी स्थानीय राजनीति तथा सामाजिक कार्यमा सक्रिय स्वच्छ छविका उम्मेदवार देवीलाल थापालाई लिएर माओवादी मैदानमा आएको छ । उनका समकक्षी सबै सार्वजनिक पदमा बसेर टेस्ट भई सकेका कारण जनताले यस पटक आफ्ना उम्मेवारलाइ नागरिक समर्थन हुन सक्ने माओवादी आकलन  छ ।
पुराना दलहरूले पुरुषलाई उम्मेदवार बनाए पनि पहिलो पटक स्थानीय तहको निर्वाचनमा  सहभागी हुन लागेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले महिलालाई उम्मेदवार बनाएको छ । अन्य दलहरूले एउटै परिवार बाट उम्मेदवार बनाउँदा यस पटक महिलालाई साथ दिनु पर्ने नारा लिएर रास्वपा जनताको घर–घरमा जानेछ ।
Sayalb
उम्मेदवारी दर्ता भएसँगै चुनावी सरगर्मी सुरु भएको छ । जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेताहरू गाँजरी पुगेर आफ्नो उम्मेदवारको पक्षमा माहौल बनाउन सुरु गरेका छन् ।
Shaileshwori
Loading...