
मंसिर ८, दार्चुला । दार्चुलामा घरको छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–५ गोल्फा स्थायी घर भई महाकाली नगरपालिका–४ बङ्गाबगरमा बसोबास गर्दै आएका ३६ वर्षीय राजेन्द्र महताको शुक्रवार साँझ आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छिमेकीको घरको छतबाट आफ्नै घरको छतमा फाल हाल्ने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो । घर तल महाकाली किनारतिरबाट बाढीले बाटो बगाएपछि छिमेकीको घरको छतबाट आफ्नो छतमा जाने क्रममा खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।
