
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बोगटान फुड्सिल गाउँपालिका सङ्गठन समिति अध्यक्षमा देवबहादुर बोहराको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पालिका सम्मेलनबाट नयाँ नेतृत्व सर्बसहमत गरिएको हो ।
समितिको उपाध्यक्षमा चन्द्रा भुल, कल्पना कामी, चेतबहादुर धामी सचिव केशव बहादुर गडसिला सह–सचिव बाला सिं मिजार, कोषाध्यक्ष निर्मला चन्द रहने गरी ४५ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बोगटान फुड्सिल गाउँपालिका सङ्गठन समिति अध्यक्षमा देवबहादुर बोहरा यस पटक पनि सर्ब सहमत अध्यक्षमा निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रको पटक रहेको उक्त पालिकामा सर्बसहमतीका आधारमा नेतृत्व छनौट गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समिति सदस्य प्रेम कुँवर प्रख्यातले जानकारी दिए ।

