दश वर्षमा दश हजारभन्दा बढी वैदेशिक श्रमिकको मृत्यु

पुस २, काठमाडौं । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

Sayalb

जिफन्टले सामाजिक सुरक्षामा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाउँदैछ । जिफन्टले सार्वजनिक गरेको फ्याक्टसीटमा यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अङ्गभङ्ग भई स्वदेश फर्किएका छन् ।

यसैगरी, सन् २०१४/१५ मा एक हजार छ, २०१५/१६ मा ८१३, २०१६/१७ मा ७५५, २०१७/१८ मा ८२९, २०१८/१९ मा ७९६, २०१९/२० मा ६५६, २०२०/२१ मा एक हजार २४९, २०२१/२२ मा एक हजार ४७९ र २०२२/२३ मा एक हजार २०८ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।

Shaileshwori
Loading...