नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो


नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशकाभरका १३ हजार ८ सय ७९ जनाको पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ६ सया ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिुभयो ।
