बिज्ञान बिषयमा रुचि बढाउन विद्यालय धाउदै ब्यासका उपाध्यक्ष कुवर

पुस ८, दार्चुला । जिल्लाको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवर विज्ञान सामग्री सहित पालिका स्थित माध्यमिक विद्यालयहरुमा पुग्ने गरेका छन् ।आफू निर्वाचित भए लगत्तै आव २०७९/८० देखि विद्यार्थीहरुमा विज्ञानप्रति रुचि बढाउनका लागि सुरुका वर्ष कक्षा ९ र १० मा पढ्ने विद्यार्थीलाई पेरियोडिक टेबल वितरण गरिएको र दोस्रो वर्ष देखि कक्षा ९ मा अध्यनरत पालिकाका सबै माविहरुका करिब २०० जनालाई वितरण गरिने गरेको उपाध्यक्ष कुँवरले बताएका छन् ।

Sayalb

यो वर्ष पनि विगत जस्तै पेरियोडिक टेबल वितरण गरिएको र आफू एक विज्ञान शिक्षक भएको नाताले हरेक विद्यार्थीमा उक्त बिषयप्रति रुची बढाउन आफै हरेक विद्यालयमा गएर कक्षा अवलोकन समेत गर्ने गरेको बताएका छन् ।

Shaileshwori
Loading...