एमालेको निस्कर्ष : अर्थतन्त्रमा सुधार आएको छ

पुस २१, काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रमा सुधार आएको बताएका छन् ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ राजनीतिक कोर्सको आवश्यकता, औचित्य र अवसर, गठबन्धनपछिका ६ महिनाका सन्दर्भमा समिक्षा गरिएको छ। समिक्षामा मुलुकको अर्थतन्त्रमा सुधार आएको निस्कर्ष निकालिएको छ ।

Sayalb

उनले बैठकमा यस अवधिमा अस्थिरता, अराजकता र प्रायोजित निराशाको प्रयास, बदलिँदो विश्व परिवेश, नेपालको परराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचन एवम् निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयमा छलफल भएको जानकारी दिए।

अध्यक्ष ओलीको प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश दिइएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको तथा अर्थतन्त्रमा सुधार आएको विषय उल्लेख छ ।

Shaileshwori
Loading...