बोगटानमा अझै प्रयोगमा छन् कोल

डोटीको बोगटान फुड्सील गाउँपालिकाका स्थानियले अहिलेपनी तेलका लागी कोल पोल्ने गरेका छन । पछिल्लो समय मिलमा तेल पेल्ने र बजारबाट किन्ने अधिकांस मान्छे भएपछी कोल बन्द भएको भएपनी बोगटान गाउँपालिकामा भने कोलहरु अहिलेपनि प्रयोगमा छन ।

नयाँ पुस्ताले कोललाई बिर्सदै गएको भएपनी यसबाट पेलिने तेल निकै अर्गानिक, शुद्ध र पौष्टीक बद्र्धक हुन्छ । गाउँमा हुने बिवाह, बर्तबन्ध र खान पकाउनका लागी कोल पेल्ने गर्दछन् ।
ठुलो काठ तथा ढुङ्गामा राखेर ठाडो काठलाई त्रिकोणात्मक रुपमा राखेर ४/५ जनाले एकै चोटी हालले धकेलेर कोल पेल्ने गरिन्छ ।
पछिल्लो समय गाउँमा मिलको प्रयोगपनी पढ्दै आएको भएपनी देवी–देवतादेखि पितृ कार्यका लागी कोल नै पेल्ने गर्दछन । यो चलन अहिलेको नभएर बाजेबराजुको पाला देखिनै चलि आएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भवगती बमले बताईन ।
छिमेकीमा भएका चार–पाँच परिवारका सदस्य मिलेर कसैले तेल निकाल्ने त कसैले धकेल्ने गरिन्छ । मानिसले जंगलमा गएर काठ काटेपछि सबै गाउँले गएर ल्याउन सहयोग गर्नुपर्छ । पछिल्लो समयमा कोरनाको त्रासले घर फर्किएका पुरुष मान्छेले यस बर्ष नया कोल चलाएका हुन ।
यसरी आधुनिक समयमा पनि कोलको संरक्षण र सम्बर्द्धनका लागि सम्पूर्ण गाउलेको उतिकै सहयोग रहि आएको छ । देशका कतिपय ठाउँमा भएका पुराना चिजहरू नस्ट भइरहेको अवस्थामा पूर्खाको नासोलाई बचाइराख्न स्थानीय तहले काम गरिरहेको गाउँपालिकामा अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।
