भजनी–ठुलिगाड सडकको मूख्यमन्त्री भट्टद्वारा शिलान्यास

Sagan sahari bhawan nirman aayojana

कैलालीको बर्दगोरिया गाउँपालिकामा भजनी छोटी भन्सार, खिमडी ठुलिगाड सडकको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यान गरेका छन । प्रदेश गौरबको सडक योजनामा रहेको सडकको मूख्यमन्त्री भट्टले शुक्रबार शिलान्यास गरेका हुन ।
प्रदेश सरकार मार्फत सञ्चालित अधिकांस आयोजनाहरु कोरोनाका कारण बिकास निर्माणको गतिमा कमि आए पनि अब भने प्रदेशका आयोजना सञ्चालनका लागी कुनै पनि कमि हुन नहुने मूख्यमन्त्री भट्टले बताए ।  महामारीको रुपमा फैलिदै गएको कोरोनाबाट बच्दै बिकास निर्माणको कामलाई पनि अघि बढाउने मुख्यमन्त्री भट्टले बताए ।
प्रदेश सरकारले अघि बढाएका सामाजीक,आर्थिक र भौतिक बिकासका कामलाई तिब्र गति साथ अघि बढाएर परिणम मुखी बनाउन प्रदेशले निति तथा कार्यक्रम अघि सारेको भट्टले बताए ।
पुर्वाधार बिकास कार्यालय कैलालीको आयोजनामा सुरु भएको सुदुरपश्चिम प्रदेशको गौरबको आयोजना छोटी भन्सार ठुलिगाड सडक ७ करोड ७४ लाख ६८ हजार ६ सय ४५ को लागतमा निर्माण सम्झौता भएको छ ।

Shaileshwori
Loading...