कैलाश नाथ योगीले इमानदारीका साथ फिर्ता गरे फेला पारेको डेढ लाख रुपैयाँ

Sayalb
माघ ६, सिलगढी । डोटीको के.आई.सिह गाउँपालिका वडा नम्बर ६ सलेनाका कैलाश नाथ योगीले फेला पारेको एक लाख ५० हजार रुपैयाँ पैसा धनीलाई फिर्ता गरेका छन् । आइतबार बिहान दिपायल सिलगढी नगरपालिका–४ दिपायल स्थित जेबी आयल स्टोर नजिकै फेला पारेको रुपैयाँ योगीले पैसा धनी शिखर नगरपालिका–९ का कृष्णराज भट्टलाई हस्तान्तरण गरेका छन् । नाथ पेसाले गाडीको सहचालक हुन् ।
“हामी गाडीमा तेल हाल्न जाँदा पेट्रोल पम्प नजिकै प्लास्टिकको झिल्लीमा रुपैयाँ फेला पारे, रुपैयाँ हस्तान्तरणका क्रममा योगीले भने, फेला परेको रुपैयाँ मैले गुरुलाई देखाए गुरुले सामाजिक सञ्जाल मार्फत भए पनि यो रुपैयाँ फिर्ता गर्नुपर्छ भन्नुभयो त्यसपछि फेसबुकमा राख्यौँ अनि पैसा धनी सम्पर्कमा आउनु भयो ।”
उग्रतारा यातायात प्रालीका काउन्टर इन्चार्ज समेत रहेका भट्टले हराएको रकम सकुशल फिर्ता पाएपछि खुसी व्यक्त गरेका छन् । उनले म १ ज ५५० नम्बरको गाडीका चालक कैलाश तिरुवा र सहचालक कैलाश नाथ योगीलाई फेला पारेको रुपैयाँ इमान्दारिका साथ आफूलाई उपलब्ध गराएकोमा धन्यवाद दिए ।
प्रहरीको रोहबरमा रकम भट्टलाई हस्तान्तरण गरिएको हो ।
Shaileshwori
Loading...