
माघ ६, डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका वडा नम्बर ४ जजला घर भई भारतमा काम गर्दै आएका गौरव बम मृत्युसँग लडिरहेका छन्। घरको दैनिकी चलाउन बाल्यकालमै भारत पसेका गौरव यति बेला दुई ओटै मिर्गौला फेल भएर नयाँ दिल्लीस्थित महाराज एग्रेसन हस्पिटलमा उपचार गराइरहेका छन् ।
४० वर्षीय गौरव विगत एक महिनादेखि अस्पतालको आइसियुमा उपचार गराइरहेका छन् । एक महिनाको उपचारमा उनको ११ लाख बढी खर्च भइसकेको उनका भाइ जोग बमले बताए । घरको आर्थिक अवस्था कमजोरका कारण उनलाई आइसियुमै राखेर उपचार गर्न समेत धौधौ भइरहेको छ ।

अस्पतालका अनुसार उनको दुई ओटै मिर्गौला फेर्नुपर्ने छ । आफ्नै परिवारले मिर्गौला दिए प्रत्यारोपण गर्न १२ लाख भारतीय रुपैयाँ लाग्ने र बाहिरबाट मिर्गौला किन्नु परेमा ३५ लाख भारतीय रुपैयाँ लाग्ने बताइएको छ । तर त्यत्रो पैसा कहाँ बाट ल्याउने भन्दै चिन्तित बनेको परिवारले सहयोगी हातहरूलाई गुहार्दै छन् ।
दाजु गौरवको उपचारका लागि सबैले सहयोग गरिदिन उनका भाइ जोग बमले आग्रह गरेका छन् । कुनै सहयोगी हातहरूले सहयोग गर्न चाहेमा उनका भाइ जोग बमको फोन नम्बर ९१८३६०२४८७९८ मा कल गर्न सक्नेछन् । सहयोगको लागि मनु बम ९१७९८६४९०९१९, रुद्र बम (पन्जाब) ९१९९८८७५३३९० नम्बरमा कल गर्न सकिनेछ । यस्तै गौरवका भाइ जोग बमको ग्लोबल आइएमई बैङ्कको खाता नम्बर H६०७०१००००९१४ मा पैसा जम्मा गर्न सकिने जनाइएको छ ।
