बडीकेदारको एक घरमा आगलागी, दुई लाख बराबरको क्षति 

माघ ८, डोटी । बडीकेदार गाउँपालिका-२ पातलपुरानमा एक घरमा आगलागी भएको छ । मङ्गलवार साँझ करिब साढे ५ बजेको समयमा स्थानीय सरिता घर्तिमगरक‍ो घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करिब दुई लाख बराबरको क्षति भएको छ ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बच्चाले आगो ताप्ने क्रममा आगो खेल्दा घरमा आगलागी  हुँदा ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घर जलेको हो । घर भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ता कपडा, फर्निचर लगायत घर सामान पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...