
माघ ९, डोटी । जिल्ला अस्पताल डोटी परिसरमा सरसफाइ गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपाली, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुजित कुमार मण्डल, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले बुधवार बिहान अस्पताल परिसर सरसफाइ गरेका हुन् ।

हरेक शुक्रवार अस्पताल सरसफाइ गर्ने नियमित कार्य तालिका रहे पनि अस्पतालको शव गृह आसपासमा फोहोर बढेपछि सबै मिलेर सरसफाइ गरिएको अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । आज बिहान ८ बजेदेखि १० बजेसम्म शव गृह वरवरको सरसफाइ गरिएको अध्यक्ष नेपालीले बताए ।
https://www.facebook.com/share/p/18EgUQmyQm/
