सुत्केरी बेथाले अचेत बनेकी डोटीकी एक महिलाको हेलिकप्टरबाट उद्धार

माघ १३, सिलगढी । डोटीमा सुत्केरी बेथा लागेकी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आइतबार जिल्लाको बडीकेदार गाउँपालिका–५ केदारमाण्डौकी २३ वर्षिया बिष्ना देवी पुन मगरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सुत्केरी बेथा लागि सुत्केरी हुन नसकेर अचेत अवस्थामा पुगेपछि मगरलाई हेलिकप्टर मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आज बिहान साढे १० बजेको समयमा सुत्केरी हुन नसकेर अचेत अवस्थामा रही स्थानीय सामुदायिक स्वास्थ्य इकाई सेउडेखेतमा उपचार भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीको पहलमा महिलाको उद्धार गरिएको प्रहरीले बताएको छ ।

अहिले उनको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

Shaileshwori
Loading...