डोटीमा विभिन्न कार्यालयहरूका प्रतिनिधिबिच समन्वयात्मक बैठक सम्पन्न

माघ १३, डोटी । गैर सरकारी संस्था महासङ्घ डोटीको आयोजनामा सिलगढीमा जिल्ला स्तरीय सरोकारवालाहरू बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय डोटीको सभा हलमा जिल्ला स्थित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकमा उपस्थित विभिन्न कार्यालयका प्रतिनिधिहरूले आफ्नो कार्यालयको बारेमा तयार गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । यसरी एक अर्को संस्थाको बारेमा जानकारी पाएपछि बैठकका सहभागीहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले जिल्लामा पहिलो पटक यस्तो बैठकको आयोजना भएकोमा आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औँल्याएका छन् ।
Sayalb
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको आग्रहमा गैर सरकारी संस्था महासङ्घ डोटीले बैठकको आयोजना गरेको हो । प्रजिअ जोशीले जिल्लामा क्रियाशील संस्थाहरूको बारेमा बेखबर जस्तै हुनुपरेपछि यस्तो बैठक बस्नुपरेको बताए । जिल्ला प्रशासनमा कार्यालयमा दर्ता भएका संस्थाहरूको कामको बारेमा प्रशासनलाई नै जानकारी नहुने परिपाटीको अन्त्य गर्न र संस्थाका कार्यहरू समुदायप्रति बढी फलदायी बनाउन यस्तो बैठक सफल हुने उनको भनाइ छ । जोशीले कुनै पनि कार्यक्रम सञ्चालन गर्दा सरोकारवालासँगको समन्वयमा मात्रै अगाडी बढाउन आग्रह गरेका छन् ।
गैर सरकारी संस्था महासङ्घ डोटीका अध्यक्ष लालबहादुर विकले बैठकमा उठेका प्रश्न, सल्लाह र सुझावलाई आत्मसात् गर्ने बताएका छन् । उनले यस्तो बैठकको निरन्तरताको लागि आवश्यक कार्य गर्ने पनि बताए ।
Shaileshwori
Loading...