
माघ १६, काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७३ मतको अग्रतासहित विजयी हुन् । तर निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ ।

सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
