आर सी बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण

सुबास नेपाली 
Sayalb
माघ १७, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं २ का बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।दिपायल सिलगढी नगर पालिका वडा नम्बर २ सँगको समन्वयमा वर्ड भिजनको सहयोगमा समान पहुँच विकास केन्द्रले एक सय ३२ आर सी बालबालिकाहरूलाई झोला, कापी र कलम वितरण गरेको वडा अध्यक्ष राजेन्द्र खडकाले बताए ।
शैक्षिक सामग्रीको अभावमा दलित, अपाङ्ग र विपन्न परिवारका बालबालिकाहरूको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्रका समुदायमा आधारित बाल संरक्षण तथा बाल स्पोन्सर परियोजनाका जिल्ला संयोजक  सुनिल जोशीले जानकारी दिए ।
Shaileshwori
Loading...