आईक्यान स्थापनाको अवसरमा धनगढी शाखाद्वारा अन्तरक्रिया कार्यक्रम 

आईक्यानको २८औँ स्थापना दिवसको अवसरमा  धनगढी शाखाद्वारा   शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  दिवसको अवसरमा लेखा तथा लेखा परीक्षणका क्रममा देखिने समस्याहरू, समाधानका उपायहरू विषयमा समसामयिक छलफल गरिएको थियो । लेखा परीक्षण व्यवसायीहरूका लागि ‘ओपन माइक इन्टर एक्सन कार्यक्रम’ सम्पन्न गरेको हो ।।
धनगढी  शाखा समन्वय समितिका अध्यक्ष एफसिए. चिरञ्जीवी पाठकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि अडिटीङ स्टान्र्डड बोर्ड पूर्व सदस्य आरए. बहादुर सिंह विष्ट रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथिका रूपमा  एक्यान प्रदेश अध्यक्ष   सिए टेकराज पनेरु, अडान प्रदेश अध्यक्ष अम्बरराज जोशी, अडान जिल्ला अध्यक्ष भरतराज जोशी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
Sayalb
कार्यक्रमको सञ्चालन धनगढी शाखाका शाखा प्रमुख गणेश बहादुर चन्दले गर्नु भएको थियो । उद्घाटन सत्रमा अध्यक्ष एफसिए. चिरञ्जीवी पाठकले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भयो।
स्थापना दिवसको अवसरमा लेखा व्यवसायी तथा लेखा परीक्षकहरूले लेखा व्यवसाय सञ्चालन गर्दा आउने चुनौतीहरूबारे आफ्ना अनुभवहरू बाँडेका थिए ।  सहभागीहरूले लेखा व्यवसायमा आइपर्ने विभिन्न समस्या तथा नयाँ लेखा मापदण्डहरूबारे आफ्ना विचार राख्दै कर प्रशासन, लेखा परीक्षण प्रक्रियामा देखिने जटिलता, तथा व्यावसायिक नैतिकताजस्ता विषयहरूमा गम्भीर छलफल गरिएको थियो ।
Shaileshwori
Loading...