स्वास्थ्यकर्मी बोगटीले गरे रगत दान 

माघ २६, डोटी । बोगटान फुड्सिल गाउँपालिका–६ मा रहेको गगुडा स्वास्थ्य चौकीका सिनियर अहेब शिशिर बोगटीले रगत दान गरेका छन् । जिल्ला अस्पताल डोटीमा उपचाररत पुर्बिचौकी गाउँपालिका–३ का बाली सिंह बोहराकी ५ बर्सिया  छोरी चन्द्रिकालाई स्वास्थ्यकर्मी बोगटीले एक पिन्ट ओ नेगेटिभ रगत दिएका हुन् ।
शुक्रवार ज्वरो आएर चन्द्रिकालाई अस्पताल ल्याइएकोमा रगत जाँच गर्दा हेमोग्लोविन ५ प्वाइन्ट मात्रै रहेकोले अस्पतालले रगत खोज्न आग्रह गरेको थियो । हिजो देखी रगतको जोहो हुन नसकेकोमा सुदूरपश्चिम अनुसन्धान प्रशिक्षण प्रतिष्ठान केन्द्र पुन्नामा सेवाकालीन तालिम लिइरहेका बोगटीले आज रगत दान गरेका हुन् । ओ नेगेटिभ रगत समूह बिरलै मात्रामा भेटिने रक्त समूह हो ।
Sayalb
Shaileshwori
Loading...