पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि
संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हल्का ज्वरो आएपछि सनिबार गरीएको परिक्षणमा आफुलाई कोरोना संक्रमण पुष्टि भएको सनिबार (आज) साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले जानकारी दिनुभएको छ । गएको सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटीभ आएको भए पनि सनिबार (आज) गरीएको रिपोर्ट पोजेटिभ आएको हो । आफुलाई हल्का ज्वरो बाहेक अरु लक्ष्क्षण नदेखिएको र केहि दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गर्न पनि आग्रह गर्नु भएको छ ।