एसइई परीक्षा सुरु

चैत ७, डोटी । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको एसइई परीक्षाको पहिलो दिन विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिँदै छन् । परीक्षा बिहान ८ बजेबाट सुरु भएको छ ।
१९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि पाँच लाख १४ हजार ७१ विद्यार्थीले परीक्षा फर्म भरेका थिए । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
Sayalb
एसइईमा सुदूरपश्चिम प्रदेशबाट ५८ हजार नौ सय ४३ जना सहभागी भएका छन् । त्यसमध्ये डोटी जिल्लाका मात्र चार हजार ६२ जना रहेका छन् । यस पटक जापानबाट पनि २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन् । जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।
Shaileshwori
Loading...